राजावादीहरूले कम्वोडियाको टेलिकममा ओलीको लगानी भनेर भ्रम छरे : शङ्कर पोखरेल « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

राजावादीहरूले कम्वोडियाको टेलिकममा ओलीको लगानी भनेर भ्रम छरे : शङ्कर पोखरेल


८ कार्तिक २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजावादीहरू कम्वोडियाको टेलिकममा एमाले अध्यक्ष केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् ।

वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाहरूको हतियार नै भ्रम सिर्जना गर्नु भएको बताए ।
उनले यस्ता भ्रममा नपर्न समेत आग्रह गरे ।

उनले फेसबुकमा लेखेका छन्,‘पहिले माओवादीहरू जाउला खेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे ।

अहिले राजावादीहरू कम्वोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ ।

वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाहरूको हतियार नै भ्रम सिर्जना गर्नु हो ।

नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्ति माथिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो । भ्रममा नपरौँ, यस्ताखाले षडयन्त्र विरुद्ध गम्भीर बनौँ।’

Tags :
प्रतिक्रिया दिनुहोस