इजरायलमा ज्यान गुमाएका ४ विद्यार्थीको शव नेपाल ल्याइयो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

इजरायलमा ज्यान गुमाएका ४ विद्यार्थीको शव नेपाल ल्याइयो


५ कार्तिक २०८०, आइतबार


काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइएको छ। 

इजरायलमा मारिएका १० मध्ये ४ नेपालीको शव आइतबार बिहान ल्याइएको हो। 

चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको रहेको छ।

नेपाली दूतावासका अनुसार बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको छ । 

शव लिनको परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थल पुगेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस