पूर्वराष्ट्रपति भण्डारीद्वारा लिङ्ग भैरवी मन्दिरमा पूजा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पूर्वराष्ट्रपति भण्डारीद्वारा लिङ्ग भैरवी मन्दिरमा पूजा


२ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौँको बसुन्धारास्थित लिङ्ग भैरवीको मन्दिरमा पुगेर पूजाआजा गरेकी छन् ।

नवरात्रको अवसर पारेर पूर्वराष्ट्रपति भण्डारीले लिङ्ग भैरवीमा आज दिउँसो पूजा आराधना गरेकी हुन्  ।

उक्त मन्दिरमा अहिले नवरात्रको समयमा दैनिक एक हजारको सङ्ख्यामा भक्तजनले पूजापाठ गर्नुका साथै आरती, अभिषेक गरिरहेको मन्दिरका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिइन् । मन्दिरमा नवरात्रको समयमा बिहान ७ बजे, दिउँसो १२ बजे र राति ७ बजे आरती तथा अभिषेक कार्यक्रम गरिँदै आएको छ ।

अहिले नवरात्रको समयमा पनि चीन, भियतनाम, रुस, भारत, मङ्गोलिया, कम्बोडियालगायतका देशबाट पनि भक्तजनहरू दर्शन तथा पूजाआजाका लागि आउने गरेको मन्दिरका पुजारी स्वामी बज्र बालाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस