त्रिदेशीय टी-२० शृङ्खलाको ट्रफी सार्वजनिक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

त्रिदेशीय टी-२० शृङ्खलाको ट्रफी सार्वजनिक


३० आश्विन २०८०, मंगलबार


काठमाडौँ । नेपाल, यूएई र हङकङ सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको ट्रफी सार्वजनिक भएको छ ।

आज सोमवार नेपालका कप्तान रोहित पौडेल र युएईका कप्तान मुहम्मद वसीमले ट्रफी सार्वजनिक गरेका हुन् । प्रतियोगिताका लागि हङकङको टोली नआइसकेका कारण नेपाल र युएईका कप्तानले ट्रफी सार्वजनिक गरेका हुन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको प्रतियोगिता भोलि बुधवारदेखि शुरु हुँदैछ । पहिलो खेलमा भोलि मूलपानी क्रिकेट मैदानमा नेपाल र यूएईबीच प्रतिस्पर्धा हुनेछ । नेपालले दोस्रो खेल कात्तिक २ गते हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि युएईसँग खेल्नेछ ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेट विश्वकप छनोटको तयारी स्वरूप नेपालले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस