१३ दिन ढिला गरी बाहिरियो मनसुन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

१३ दिन ढिला गरी बाहिरियो मनसुन


२८ आश्विन २०८०, आइतबार


काठमाडौँ । यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । असोज १९ गते पश्चिम नेपालबाट बाहिरिन थालेको मनसुन आज आइतवारदेखि देशभरबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिनमार्फत जानकारी गराएको छ ।

यस वर्षको मनसुन सरदर मितिभन्दा एक दिन ढिला गरी गएको जेठ ३१ गते भित्रिएको थियो । नेपालमा एक सय २४ दिन रहेर मनसुन बाहिरिने सरदर मितिभन्दा १३ दिन ढिला गरी बाहिरिएको हो । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो ।

नेपालमा यस वर्ष मनसुन अवधिमा ८८ दशमलव ५ प्रतिशत वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनामा सरदरभन्दा कम वर्षा भएको हो । नेपालमा मनसुन अवधिमा सरदर १ हजार ४ सय ७२ मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्ष मनसुन अवधिमा १ हजार ३ सय ३ मिलिमिटर वर्षा भएको हो ।

यस वर्ष मधेश प्रदेशमा औसतभन्दा निकै कम वर्षा भएको छ भने काठमाडौँसहित पहाडी क्षेत्रमा सरदरभन्दा केही बढी वर्षा भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस