इजरायलमा बेपत्ता विपिनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इजरायलमा बेपत्ता विपिनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह


२८ आश्विन २०८०, आइतबार


काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा चलिरहेको युद्धमा बेपत्ता रहेका नेपाली विद्यार्थी विपिन जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय सङ्घसंस्था र कूटनीतिक मिसनसँग आग्रह गरेका छन्।

आइतबार ललितपुरको भैंसेपाटीस्थित निवासमा अन्तर्राष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री साउदले बेपत्ता विद्यार्थी जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय सङ्घसंस्था र कूटनीतिक नियोग एवं मिसनहरूसँग आग्रह गरेका हुन्।

कुराकानीका क्रममा परराष्ट्रमन्त्री साउदले प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले बताएअनुसार विपिन आक्रमणकारी हमास समूहको कब्जामा रहेको हुनसक्ने बताए।

प्रत्यक्षदर्शी विद्यार्थीले देखेअनुसार त्यसपछि केही थाइल्यान्डका विद्यार्थीसँग विपिनलाई पनि अपहरण गरेको लगेको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस