कोशीका मुख्यमन्त्रीले बालकोट पुगेर भेटे एमाले अध्यक्ष ओली « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोशीका मुख्यमन्त्रीले बालकोट पुगेर भेटे एमाले अध्यक्ष ओली


२८ आश्विन २०८०, आइतबार


काठमाडौँ । कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले भक्तपुरको बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बाल्कोट पुगेका छन् ।

एमालेका ३९ सांसदको सहयोगमा मुख्यमन्त्री बनेपछि काठमाडौँ आएका कार्की शनिबार साँझ बाल्कोट पुगेका हुन् । विराटनगरबाट आएलगत्तै उनले पहिले शेखर कोइरालालाई भेटेका थिए । त्यसपछि काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि ओलीलाई भेट्न बाल्कोट पुगेका हुन् । 

‘दुई नेतालाई भेटेपछि उहाँ हाम्रो अध्यक्षलाई भेट्न शनिबार साँझ बालकोट आउनुभएको थियो,’ ओली निकट स्रोतले भन्यो, ‘अध्यक्षले मुख्यमन्त्री भएकोमा बधाई दिनुभयो । कोशीको परिवर्तित चाहनाअनुसार अगाडि बढ्न पनि आग्रह गर्नुभएको छ ।’

कार्की राजनीतिक विश्लेषक एवं डा. शेखर निकटका पुरञ्जन आचार्यसहित बालकोट पुगेका थिए । मुख्यमन्त्रीमा नियुक्त भएकै दिन काठमाडौं आएर भेट गरेका कार्कीले सरकार गठन कसरी गर्ने भन्ने विषयमा तिनै नेतासँग परामर्श गरेको नेताहरू बताए ।

कोशीमा एमालेका सबैर काँग्रेसका विद्रोही ८ नेताको हस्ताक्षरमा मुख्यमन्त्री बने पनि सरकार गठन कसरी गर्ने भन्ने अन्योल अझै हटिसकेको छैन । तत्काल एमाले र काँग्रेस शेखर पक्षबाट एक-एक जनालाई मन्त्री बनाउने तयारी कार्कीले गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस