जाँचपास क्रममा शङ्कास्पद देखिने सामान नल्याउन र नपठाउन त्रिवि भन्सारको आग्रह « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

जाँचपास क्रममा शङ्कास्पद देखिने सामान नल्याउन र नपठाउन त्रिवि भन्सारको आग्रह


१९ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जाँचपासको क्रममा शङ्कास्पद देखिने सामानको सूचीसहित नल्याउन र नपठाउन अनुरोध गरेको छ । 

कार्यालयले सूचनामार्फत विदेशबाट नेपाल फर्किँदा तथा विदेशबाट सामान पठाउँदा जाँचपास क्रममा शङ्कास्पद देखिने सामान नल्याउन भनेको हो ।

भन्सारले इमर्जेन्सी लाइट, पानी तान्ने पम्प, पावरबैंक, हेयर ड्रायर र मिक्स्चर विदेशबाट नल्याउन भनेको हो । यी सामान एक्स–रे मेसिनमा हेर्दा शङ्कास्पद देखिने गरेको कार्यालयले जनाएको छ । जाँचपासका क्रममा खोलेर र फुटाएर चेकजाँच गर्नुपरेको भन्दै सेवाग्राहीलाई क्षति हुने भनी कार्यालयले सूचनामा जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस