श्रम मन्त्री-सचिवसहित ८ जनाको टोली युरोपतिर  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

श्रम मन्त्री-सचिवसहित ८ जनाको टोली युरोपतिर 


१७ आश्विन २०८०, बुधबार


काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी र सचिव केवल प्रसाद भण्डारीसहित आठ जनाको टोली टर्कीको इस्तानबुल हुँदै युरोपतिर लागेको छ । 

भ्रमण टोलीमा मन्त्री भण्डारीकै पार्टीकी समानुपातिक सांसद निर्जला राउत, सजिन ढुङ्गाना भण्डारी, उपसचिव डम्बरबहादुर सुनुवार, उपसचिव निर्मला गुरुङ, स्वकीय सचिव कुशकुमार चौधरी र शाखा अधिकृत विजयराज तण्डुकार सहभागी भएको बताइएको छ । 

मन्त्री नेतृत्वको टोली रोमानिया र जर्मनीको वैदेशिक भ्रमण गर्ने कार्यक्रम रहेको मन्त्रालय स्रोतले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस