लोसपाको कार्यकारिणी समितिको बैठक आज पनि « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

लोसपाको कार्यकारिणी समितिको बैठक आज पनि


१७ आश्विन २०८०, बुधबार


काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रिय कार्य कारिणी समितिको बैठक जारी छ ।

मंगलबार देखी काठमाडौँ, बुद्द नगरस्थित एक पार्टी प्यालेसमा सुरु भएको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने भएको छ ।

गत असोज ८ गते केन्द्रिय कार्य समिति बिस्तार गरे पछि लोसपाले पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाएको हो ।

समासमायिक राजनीतिक बिषयसहित संगठन बिस्तार र केन्द्रिय नेताहरुको जिम्मेवारी बाँडफाँडका बारेमा छलफल भईरहेको महासचिव केशव झाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस