इन्द्रजात्रा हेर्न गएका एक जनाको हत्या, २ पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इन्द्रजात्रा हेर्न गएका एक जनाको हत्या, २ पक्राउ


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँको न्युरोडस्थित मखन गल्लीमा एक जनाको हत्या भएको छ ।


सानो पशुपतिमा जात्रा हेर्न गएका ओखलढुङ्गाको लिखु गाउँपालिका-४ का सनी कार्कीको हत्या भएको हो । काठमाडौँ प्रहरी परिसरका एसपी कुमुद ढुंगेलका अनुसार उनको धारिलो हतियार प्रहार गरेर हत्या भएको हो ।

उनको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस घटनामा संलग्न रहेको आरोपमा काठमाडौँ प्रहरी परिसरले २ जनालाई पक्राउ गरेको छ । तर उनीहरूको नाम भने खुलाएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस