डोटी प्रशासनद्वारा शिव शिखर सहकारी संस्था सिल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डोटी प्रशासनद्वारा शिव शिखर सहकारी संस्था सिल


१४ आश्विन २०८०, आइतबार


डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले दिपायलमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सिल गरेको छ । 

समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौँको पत्रअनुसार प्रशासनले सहकारीको दिपायलमा रहको शाखामा सिल गरेको डोटीका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताए ।  

यसअघि शिव शिखर सहकारी संस्थाले आफूहरूलाई ठगेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा बचतकर्ताहरूले जाहेरी दिएका थिए । शिव शिखरबाट ठगिएको भए जाहेरी दिन प्रहरीले गत जेठ ६ गते सार्वजनिक सूचना नै जारी गरेको थियो । 

प्रहरीले जाहेरी दिन सूचना जारी गरेपछि बचतकर्ताहरूले एक हजारदेखि १२ लाख रुपैयाँसम्म ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस