यस्तो छ संविधान दिवसको अवसरमा कार्यवाहक प्रधानमन्त्रीको सम्बोधन : पुर्णपाठ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

यस्तो छ संविधान दिवसको अवसरमा कार्यवाहक प्रधानमन्त्रीको सम्बोधन : पुर्णपाठ


३ आश्विन २०८०, बुधबार


काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधानको कार्यान्वयन गरी सुन्दर र समृद्ध राष्ट्र निर्माण गर्दै जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्त गर्नुपर्ने बताएका छन् । सबैको साझा दायित्व समतामूलक समाजको निर्माण रहेको पनि खड्काको भनाइ थियो ।

संविधान दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले मुलुकको अबको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय रहेको बताए । भौतिक पूर्वाधार निर्माणका साथै आर्थिक र सामाजिक समृद्धिमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशीघ्र साकार तुल्याउन सबैलाई समर्पण भावका साथ जुट्न उनले आग्रह गरेका थिए । ‘अबको हाम्रो कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय हो । त्यसैले भौतिक पूर्वाधारका साथै आर्थिक, सामाजिक र पूर्वाधार निर्माणमा जोड दिँदै नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशीघ्र साकार तुल्याउन अब हामी सबै थप समर्पण भावका साथ जुट्नुपरेको छ, ’उनले भने, ‘संविधानको कार्यान्वयनबाट सुन्दर र समृद्ध राष्ट्र निर्माण गर्दै जान जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्त गरी समतामूलक समाजको सिर्जना गर्नु हाम्रो साझा दायित्व हो ।’

कार्यवाहक प्रधानमन्त्री खड्काले संविधानको मर्म र भावनाबमोजिम नागरिकलाई खुसी एवं सम्पन्न बनाउन, सुशासनको प्रत्याभूति दिन र भ्रष्टाचार अन्त्य गर्न राज्यका सम्पूर्ण संयन्त्रहरू प्रभावकारी रूपमा परिचालन भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस