संसद विघटनको असर कानुन निर्माणमा पर्‍यो : सभामुख « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संसद विघटनको असर कानुन निर्माणमा पर्‍यो : सभामुख


१ आश्विन २०८०, सोमबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अघिल्लो कार्यकाल पूर्णतः सञ्चालन हुन नसकेको बताएका छन् । यसको असर संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा परेको उनको टिप्पणी छ ।

‘कानुन बनाउने थलो कहिले विघटन भयो, कहिले पुनः स्थापित भयो । यसले गर्दा केही अलमल र ढिलाइ भयो,’ राष्ट्रिय सभामुख घिमिरेले भने, ‘अहिलेको सदनमा आवश्यक कानुन ल्याउन सरकार र राजनीतिक दलले चासो दिनुपर्ने हुन्छ । संसद, समितिहरू र संसद सचिवालय आवश्यक सहजीकरण गर्न तयार छ ।’

सभामुख घिमिरे प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा कानुन बनाउने वातावरण संसदमा बन्न नसकेको दोहोर्‍याए ।

उनी भने, ‘गत कार्यकालको संसद् पूर्णतः सञ्चालन हुन सकेन । त्यहाँ तानातान र हानाहानको स्थिति भयो । विरोध र बहिष्कारको स्थिति भयो । जरुरी कानुन बनाउने र बहस छलफल गर्ने काममा सोचेजस्तो सफलता हासिल भएन । राजनीतिक अस्थिरता भयो ।’

Tags :
प्रतिक्रिया दिनुहोस