आज राप्रपा नेपालले काठमाडौँमा प्रदर्शन गर्ने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

आज राप्रपा नेपालले काठमाडौँमा प्रदर्शन गर्ने


२९ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज विरोध प्रदर्शन गर्ने भएको छ ।

शुक्रबार कमल थापा नेतृत्वको राप्रपा नेपालले काठमाडौँमा प्रदर्शन गर्न लागेको हो । दिउँसो १ बने भद्रकालीबाट प्रदर्शन सुरु हुने र भृकुटीमण्डपमा आएर विरोध सभामा परिणत हुनेछ ।

संवैधानिक राजतन्त्रको पुनर्स्थापना, हिन्दु राष्ट्रको माग र सङ्घीयताको खारेजी तथा भ्रष्टाचारको विरोधमा राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।

उक्त सभालाई अध्यक्ष थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस