कोशीको नाम विवाद संवादबाटै समाधान खोज्नुपर्छ : प्रधानमन्त्री « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कोशीको नाम विवाद संवादबाटै समाधान खोज्नुपर्छ : प्रधानमन्त्री


२५ भाद्र २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशको नामबारे संवादबाटै समाधान खोज्नुपर्ने बताएका छन् ।

समाजवादी मोर्चाले सोमबार बिराटनगरमा गरेको सन्देश सभामा ‘प्रचण्ड’ले नामकरणलाई लिएर असन्तुष्टि सुरु भएलगत्तै आफूले असन्तुष्ट पक्षलाई बालुवाटार बोलाएर संवाद गरेको बताए ।

उनले भने, ‘कन्फ्रन्टेसन होइन, वार्ता र संवादबाट जनताको भावनाको कदर हुने गरी समाधान खोजिनुपर्छ ।’

संवाद नगरी कन्फ्रन्टेसनमा जाने हो भने परिवर्तन उल्ट्याउन चाहनेहरूले फाइदा उठाउन सक्ने प्रधानमन्त्री ‘प्रचण्ड’ले बताए ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ले भुटानी शरणार्थी प्रकरण, ललिता निवास र सुन काण्डमा सरकारले चालेको कदमबाट एकथरी मानिस आतङ्कित भएको बताए ।

कति दिन सरकारमा बसिन्छ, मतलब नभएको, तर सुशासनको पक्षमा काम गर्ने भन्दै उनले भने, ‘सरकार एक्लैले मात्र लडेर जित्न सकिन्न, जनताका साथ अपरिहार्य छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस