राजेन्द्र पाण्डेको नेतृत्वमा एमसीसी अनुगमन समिति बनाउने नेकपा एसको निर्णय  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राजेन्द्र पाण्डेको नेतृत्वमा एमसीसी अनुगमन समिति बनाउने नेकपा एसको निर्णय 


१८ भाद्र २०८०, सोमबार


काठमाडौँ । नेकपा एसले एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टीको सचिवालय बैठकले राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको हो । 

प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार समितिमा अन्य गङ्गालाल तुलाधर, जगन्नाथ खतिवडा, गरिमा शाह र एकजना विषय विज्ञ राखिने छन् । विषय विज्ञ भने तय नभइसकेको खतिवडाले बताए ।

त्यस्तै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको संयुक्त राष्ट्र सङ्घ र चीनमा जानेबारे पार्टीले छलफल गर्ने निर्णय गरिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस