नारायणगढ-मुग्लिन सडक दुईतर्फी पुनः सञ्चालन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नारायणगढ-मुग्लिन सडक दुईतर्फी पुनः सञ्चालन


९ भाद्र २०८०, शनिबार


काठमाडौँ । पहिराेका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक विशाल तामाङका अनुसार साँझ ५ः४० बजेदेखि सडकमा दुईतर्फीरुपमा सवारी साधन चलन थालेका हुन्।

चितवनको इच्छाकामना–६ स्थित नाम्सी पुल नजिकै अविरल वर्षासँगै पहिरो खसेपछि सवारी साधन एकतर्फी रुपमा सञ्चालन भइरहेको थियो। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज दिउँसो १ बजेदेखि दुईतर्फी नै सवारी आवागमन रोकी पहिरो पञ्छाउने काम सुरु गरिएको थियो। सडकको पहिरो हटाउन तीन वटा मेसिन प्रयोग गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस