वाणिज्य बैंकहरुले बढाए ब्याजदर, नयाँ निक्षेपको ब्याजदर सार्वजनिक  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वाणिज्य बैंकहरुले बढाए ब्याजदर, नयाँ निक्षेपको ब्याजदर सार्वजनिक 


३२ श्रावण २०८०, बिहिबार


काठमाडौँ । वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागू हुने गरी नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको ब्याजदर बढेको छ । १२ वटा वाणिज्य बैंकको ब्याजदर बढेको छ ।

वाणिज्य बैंकहरुले लामो समयदेखि लागू गर्दै आएको भद्र सहमति साउनमा तोडेसँगै ब्याजदर आ आफ्नै तरिकाले निर्धारण गरेका छन् । बैंकहरुले निक्षेपको ब्याजदर परिवर्तन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था छ । यही व्यवस्था अनुसार वाणिज्य बैंकहरुले भदौका लागी नयाँ ब्याजदर निर्धारण गरेको छन् ।

केही बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढाएका छन् भने केही बैंकले घटाएका छन् । ४ बैंकले ब्याजदर घटाएका छन् भने ४ बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

अहिले सबैभन्दा बढी ब्याज दिनेमा ग्लोबल आइएमइ बैंक, एनआइसि एसिया, नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र कृषि विकास बैंकको रहेको छ । यी बैंकले भदौका लागि मुद्दती निक्षेपमा १०।८९६ प्रतिशत कायम गरेका छन् ।

प्राइम कर्मसियल बैंकको साढे १० प्रतिशत ब्याजदर रहेको छ । एनआइसी एसिया बैंकले साउनको तुलनामा ०।०३ प्रतिशतले ब्याजदर घटाएको छ भने प्राइमको पनि थोरै ब्याजदर घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस