Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आफैँले बनाएका योजना किन कार्यान्वयन हुँदैनन् ?


२८ श्रावण २०८०, आइतबार


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयको पुँजीगत खर्च कमजोर भएकोप्रति असन्तुष्टि जनाएकी छिन् । गत आर्थिक वर्ष २०८०-८१ मा मन्त्रालयको पुँजीगत खर्च ६० प्रतिशत समेत नपुगेको सन्दर्भमा उनले असन्तुष्टि व्यक्त गरेकी हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७९-८० को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समितिको बैठकलाई सम्बोधन गर्दै उनले प्रश्न गरिन्, ‘आफैँले बनाएका योजना किन कार्यान्वयन हुँदैनन् ?’

जिम्मेवारीमा बसेका मान्छेमा समेत आफू पन्छिने बानी रहेको भन्दै उनले हरेक निकाय र जिम्मेवार अधिकारीले आत्मसमीक्षा गरेर प्रगतिको मूल्याङ्कन गर्नुपर्ने बताइन् । मन्त्री शर्माले भनिन्, ‘अरु कुनै कारण वा कसैले गर्दा भएन भन्न पाइँदैन । हामीले सबैले कसको कति कमजोरी हो खोजी गरौँ तर चालु आर्थिक वर्षमा बहानाबाजी गरेर पुँजीगत खर्च नबढाउने छुट हामी कसैलाई छैन ।’

उनले सुशासन र सेवा प्रवाहलाई गुणस्तरीय बनाउन काम गर्नुपर्ने समय आएको बताइन् । उनले मन्त्रालय मातहतका सबै निकायलाई हरेक महिनाको प्रगति विवरणको ‘रिपोर्ट कार्ड’ बनाएर पेश गर्न समेत निर्देशन दिएकी छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत आम सञ्चार, सूचना प्रविधि, दूरसञ्चार, चलचित्र, मुद्रण र हुलाक सेवा गरी छ क्षेत्र तथा विभिन्न १८ वटा संस्थान र निकाय रहेका छन् । आफूले प्रधानमन्त्रीसँग हरेक महिना मन्त्रालयको प्रगति विवरण रिपोर्ट कार्डको रूपमा पेश गर्ने कार्य सम्पादन सम्झौता गरिसकेको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, ‘मेरो कार्य सम्पादन भनेकै तपाईँहरूका क्षेत्र र निकायहरूबाट हुने हो, त्यसैले मन्त्रालय मातहतका सबै क्षेत्र र निकायलाई हरेक महिनाको प्रगति विवरण रिपोर्ट कार्डको रूपमा पेश गर्न आग्रह गर्दछु ।’

मन्त्री शर्माले हरेक निकायले आफूले गरेका कामलाई दस्तावेजीकरण पनि निर्देशन दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस