एनआईसी एसिया बैंकले गर्‍यो तीन कर्जा योजना सार्वजनिक « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

एनआईसी एसिया बैंकले गर्‍यो तीन कर्जा योजना सार्वजनिक


२६ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । एन आई सी एसिया बैंकले तीन कर्जा योजना सार्वजनिक गरेको छ।  

आज प्रेस विज्ञप्ति मार्फत बैंकले समक्ष अठोट घर कर्जा,अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको हो।

एन आई सी एसिया बैकले २५ लाखदेखि अधिकतम १२ करोडसम्मको अठोट घर कर्जा योजना ल्याएको छ। यो कर्जाको अवधि २५ वर्षसम्म राखिएको छ। 

अठोट साना व्यवसाय कर्जामा न्यूनतम २५ लाखदेखि अधिकतम  ५ करोडसम्म कर्जा उपलब्ध हुनेछ। यस कर्जाको अवधि अधिकतम १५ वर्ष  कायम गरिएको छ।

त्यसैगरी बैंकले ल्याएको न्यूनतम ५० लाखदेखि अधिकतम रू. १२ करोडसम्मको अठोट शेयर धितो कर्जाको हकमा समेत आकर्षक तथा न्यूनतम ब्याजदर लाग्नेछ भने यस कर्जामा १ वर्षको भुक्तानी अवधि (वार्षिक रूपमा नवीकरण गर्न सकिने) बैंकले जनाएको छ। 

एन आई सी एसिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैङ्कहरू मध्येको बैंक हो। यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५६७ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस