दोलखा पहिरो : बेपत्ता मध्ये एक जनाको शव भेटियो तीन जनाको खोजी जारी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

दोलखा पहिरो : बेपत्ता मध्ये एक जनाको शव भेटियो तीन जनाको खोजी जारी


१९ श्रावण २०८०, शुक्रबार


दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ टोपाटारमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ४ जना मध्ये एक जनाको शव फेला परेको छ ।

गौरीशंकर गाउँपालिका– ७ र ८ को सिमानामा गएको पहिरोमा पुरिएर बेपत्ता भएका मध्ये वडा नं ७ का तीन वर्षीय प्रिन्स थामीको शव फेला परेको हो ।

गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिए ।

पहिरोमा बेपत्ता हुनेमा गौरीशङ्कर–७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती रहेका छन् । स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको प्रजिअ धमलाले बताए ।

सो पहिरोमा परी तीनजना घाइते भएका छन् । बेपत्ताको खोजीका लागि घट्नास्थलमा हेलिकोप्टर पठाइएको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस