प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


१६ श्रावण २०८०, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि जेलमा रहेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।

यसैगरी, सोमबार तय भएको कार्यसूची अनुसार राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाइने छ ।

साथै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सम्बन्धी प्रस्ताव पेश गर्ने तथा राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्ने कार्यसूचीलाई यथावत राखिनेछ ।

आइतबार बोलाइएको प्रतिनिधिसभा बैठक प्रतिपक्षी दल एमालेले अवरोध गर्ने भएपछि नबसी सूचना टास गर्दै आज (मंगलबार) का लागि स्थगन गरिएको थियो । प्रतिपक्षी दलले विमानस्थल बाहिर बरामत गरिएको एक सय किलो सुनको मालिकलाई पक्राउ गर्न माग गर्दै संसद अवरोध गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस