सरकारी कर्मचारी दासलाई सेवाबाट बर्खास्त गर्न माग « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सरकारी कर्मचारी दासलाई सेवाबाट बर्खास्त गर्न माग


१० श्रावण २०८०, बुधबार


काठमाडौँ । लोक सेवाको तयारी पुस्तकमा महिलामाथि घृणित शब्द प्रयोग गर्ने सरकारी कर्मचारी रामएकवाल दासलाई कारबाही गर्नुपर्ने माग गरिएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा एमाले सांसद ईश्वरी घर्तीमगरले उनलाई तत्काल निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरेकी हुन् ।

‘नेपाल सरकारको बहालबाला कर्मचारी भएर लोक सेवाको तयारी कक्षामा महिलामाथि यस्तो अपमान मात्र होइन, महाअपमान हुने शब्द राख्नु हुन्छ कि हुँदैन ? यो शब्दले आम नेपाली आमा दिदीबहिनीमा गम्भीर आघात पुर्‍याएको छ । उनलाई तुरुन्त निलम्बन गरेर कारबाही अगाडि बढाउन माग गर्दछु’, उनले भनिन् ।

केटीलाई किन भालु भनिएको होला ? भनेर आफ्नो पुस्तकमा प्रश्न राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस