स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान गर्ने यातायात मन्त्रीको दाबी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान गर्ने यातायात मन्त्रीको दाबी


७ श्रावण २०८०, आइतबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी साधन अनुमति पत्रको (स्मार्ट लाइसेन्स) समस्या चाँडै समाधान गर्ने बताएका छन्।

आइतबार सार्वजनिक सवारी साधनमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको उद्घाटन गर्दै उनले लाइसेन्स स्मार्ट कार्डको समस्या चाँडै समाधान गर्ने र मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताएका हुन्।

उनले यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणा पत्र जारी गरिसकेको बताए। उनले इम्बोस्ड नम्बर प्लेट जडान गर्नेकुरामा पनि बेवास्ता गर्नु नहुने बताए।

यातायात व्यवस्था कार्यालय, विभागमा झन्झट व्यहोर्नु नपर्ने, दुःख पाउनु नपर्ने कुरामा सरकारले पहल गरिरहेको उनको भनाइ थियो।

उनले सार्वजनिक यातायातमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको सुरुवात हुनु महत्त्वपूर्ण रहेको जिकिर गरे। उनले चालक, सहचालकहरूले राम्रो व्यवहार र बोलीले नै यात्रुहरू खुसी हुने बताए। यस अभियानले यात्रुमैत्री सार्वजनिक यातायात हुने अपेक्षा लिएको उनको भनाइ थियो।

Tags :
प्रतिक्रिया दिनुहोस