नेकपा एमालेको सचिवालय बैठक बस्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेकपा एमालेको सचिवालय बैठक बस्दै


३० असार २०८०, शनिबार


काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। 

शनिबार दिउँसो १ बजे ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने गरी सचिवालय बैठक बोलाएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार बैठकमा राजनीतिक विकास क्रमको समीक्षा, कार्य विभाजनअनुसार कामको मूल्याङ्कन, पार्टी स्कुल विभाग तथा पार्टी प्रचार र जनसङ्गठनको कामको अवस्थाबारे छलफल हुनेछ। 

यस्तै पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए। 

Tags :
प्रतिक्रिया दिनुहोस