झापामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

झापामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु


२९ असार २०८०, शुक्रबार


दमक । झापामा गए राति छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम लोक मार्गअन्तर्गत कमल र शिवसताक्षीलाई जोड्ने कमल खोलाको पुलमा प्र१–०१–००२ह २६७ नम्बरको अटो र सोही दिशातर्फ जाँदै गरेको मे७प ८५९४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार झापाको बुद्ध शान्तिका ४० वर्षीय उपेन्द्र सिग्देलको मृत्यु भएको छ । मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–११ का ५७ वर्षीय जीवन सुवेदी घाइते भएका छन् । प्रहरीले अटो चालक झापा गाउँपालिका–२ का ३० वर्षीय श्यामसुन्दर महतोलाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरी मेचीनगर–१२ धाइजनस्थित मेची लोक मार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको नम्बर नखुलेको बोलेरो जीपले पैदलयात्री स्थानीय ३५ वर्षीय राजन विकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस