भाषा, संस्कृति र साहित्य इतिहास लेखनको मुख्य आधार : अध्यक्ष यादव « प्रशासन
Logo ५ श्रावण २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भाषा, संस्कृति र साहित्य इतिहास लेखनको मुख्य आधार : अध्यक्ष यादव


२२ असार २०८०, शुक्रबार


महोत्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको इतिहास लेखनका लागि यहाँको भाषा, संस्कृति र साहित्यको खोज आवश्यक रहेको बताएका छन् ।

आज महोत्तरीको बर्दिबास–४ माईस्थानमा मधेसको इतिहास लेखनसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय गोष्ठी शुभारम्भ गर्दै उनले यी विषय मधेसको इतिहास लेखनमा अपरिहार्य तत्त्व रहेका उल्लेख गरे ।

मधेस प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले यस क्रममा पूर्व मेचीबाट पश्चिम महाकालीसम्मको मधेसका सबै जातजाति, भाषाभाषी र संस्कृतिको प्रामाणिक तथ्य खोज्न अनुरोध गरे । ‘हाम्रो विगतका जे–जस्ता उत्पीडन र शोषणका घटना छन्, ती जस्ताको त्यस्तै खोजिउन्, लेखिउन्’, अध्यक्ष यादवले भने, ‘यिनमा कोच, मिथिला, लुम्बिनी (अवध) र पश्चिम थारुका प्राचीन परम्परा कुनै नछुटुन् ।’ उनले इतिहास लेखनका क्रममा मधेसका विभिन्न क्षेत्रमा फरक–फरक भाषा र चालचलनको खोजी गर्न पनि विज्ञहरूसँग आग्रह गरे ।

कार्यक्रममा अधिकारकर्मी तथा राजनीतिक विश्लेषक विजयकान्तलाल कर्णले इतिहास लेखनका लागि अभिलेख, शिलालेख, ताम्रपत्र, प्राचीन मुद्रा र जनश्रुतिहरू प्रामाणिकताका मुख्य आधार हुने औँल्याए । यसैगरी भारतीय प्राज्ञ अयोध्यानाथ झाले नेपालको मधेस भू–भाग र भारतको बिहारका रीतिथिति, संस्कृति, भाषा, लवाइखुवाइ र रहनसहन मिल्दाजुल्दा रहेका हुँदा यी सबैको खोजी हुन आवश्यक रहेको बताए ।

मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी ‘भ्रमर’को अध्यक्षतामा भएको दुई दिने कार्यक्रममा ‘मधेसको इतिहास–गण्डकी पश्चिम कञ्चनपुरसम्म’, ‘मधेसको इतिहास–गण्डकी पूर्वदेखि कोशी पश्चिमसम्म’, ‘मधेसको इतिहास–पूर्व मेचीबाट कोशीसम्म’, ‘मधेस प्रदेशको साहित्य, संस्कृति’ र ‘मधेस प्रदेशको भाषा/ कला’सम्बन्धी कार्यपत्र प्रस्तुत गरिने प्रतिष्ठानका सदस्यसचिव रामहृदय यादवले जानकारी दिए ।

कार्यक्रममा नेपालको मधेस र सीमावर्ती भारतका भाषा/साहित्य क्षेत्रमा कार्यरत प्राज्ञहरू सहभागी रहेको प्रतिष्ठानले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस