नेपालले आयरल्यान्डलाई दियो २ सय ६९ रनको लक्ष्य « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

नेपालले आयरल्यान्डलाई दियो २ सय ६९ रनको लक्ष्य


१९ असार २०८०, मंगलबार


काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोटको प्लेअफअन्तर्गत सातौँ स्थानको खेलमा नेपालले टेस्ट राष्ट्र आयरल्यान्डलाई २ सय ६९ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनायो । नेपालका गुलसन झाले नटआउट ५७ रन बनाए । यस्तै अर्जुन साउदले ४८, कुशल मल्लले ४४ र सन्दीप लामिछानेले ३२ रन बनाए ।

नेपाल र आयरल्यान्डले पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका हुन् । नेपालले टेस्ट खेल्ने राष्ट्रसँग खेलेको यो तेस्रो खेल पनि हो । यसअघि नेपालले जिम्बावे र वेस्ट इन्डिजसँग खेलिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस