घट्यो हवाई भाडा (सूचीसहित) « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

घट्यो हवाई भाडा (सूचीसहित)


१९ असार २०८०, मंगलबार


काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनमा गरेको कटौतीसँगै हवाई भाडा घटेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती भएको हो । घटेको हवाई भाडा मंगलबारदेखि कार्यान्वयन हुनेछ ।

नेपाल आयल निगमले सोमबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर १४ रुपैयाँ कटौती गरेको थियो । १५० रुपैयाँ प्रतिलिटर रहेको हवाई इन्धनको मूल्य अहिले १३६ रुपैयाँ प्रतिलिटर कायम भएको छ । यो ९.३ प्रतिशत कटौती हो ।

प्राधिकरणका अनुसार नेपालको अहिलेको लामो रुट (१००.९ मिनेट) विराटनगर–नेपालगञ्जका लागि प्रतिटिकट ७५० रुपैयाँ इन्धनको मूल्य कम भएको छ ।

काठमाडौँबाट लामो रुट (८९.०९ मिनेट) धनगढीका लागि ६१५ रुपैयाँ भाडा कम भएको छ ।

काठमाडौँबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५, तुम्लिङटार २६०९ र सिमराका लागि १२५ रुपैयाँ कम भएको छ ।

प्राधिकरणका अनुसार स्टल रुटतर्फ प्रतिसिट प्रतिमिनेट ५१.६८ रुपैयाँ र ट्रंकतर्फ प्रतिसिट प्रतिमिनेट ७२.३४ रुपैयाँका दरले इन्धनको मूल्य राख्ने गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस