नेपाल आज मलेसियासँग भिड्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपाल आज मलेसियासँग भिड्दै


१५ असार २०८०, शुक्रबार


काठमाडौँ । मलेसियामा जारी एसीसी मेन्स यू-१६ ईस्ट रिजनको दोस्रो खेल अन्तर्गत आज नेपालले घरेलु टोली मलेसियासँग भिड्ने भएको छ ।

समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियासँग आज प्रतिस्पर्धा गर्न लागेको हो ।

सो खेल नेपाली समय बिहान ७:१५ बजेबाट सुरु हुँदैछ । पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको नेपालले घरेलु टोलीलाई पनि पराजित गर्ने उद्देश्यसहित मैदानमा उत्रिन लागेको हो ।

नेपालले आज मलेसिया माथि जित निकाल्न सकेमा समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस