राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज


१३ असार २०८०, बुधबार


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनको उपचारपछि स्वास्थ्यलाभ गरी निवास फर्केका छन् ।

उनी असार २ गते उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

अस्पतालमा उनको छातीमा पेस मेकर राखिएको थियो । चिकित्सकहरुका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस