राष्ट्रसङ्घका उपमहासचिव र प्रधानसेनापतिबीच भेट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रसङ्घका उपमहासचिव र प्रधानसेनापतिबीच भेट


१२ असार २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रसङ्घको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिव जिन-पियरे ल्याक्रोइक्सले मंगलबार प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग जङ्गी अड्डामा शिष्टाचार भेटघाट गरेका छन् । 

नेपालको चार दिने भ्रमणमा आएका उपमहासचिव ल्याक्रोइक्सलाई उपरथी योगराज शर्मा तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

यसै गरी, नेपालका लागि म्यानमारका गैर-आवासीय सैनिक सहचारी बिग्रेडियर जेनेरल ये हन्टले प्रधान सेनापति महारथी शर्मासँग आजै शिष्टाचार भेटघाट गरेका छन् । दुवै भेटघाटमा आपसी चासोका विषयहरूमा छलफल भएको नेपाली सेनाले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस