निगममा कर्मचारी भर्ती गर्नु आमाको रगत खानु जस्तै हो : पूर्वमन्त्री भट्टराई « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

निगममा कर्मचारी भर्ती गर्नु आमाको रगत खानु जस्तै हो : पूर्वमन्त्री भट्टराई


८ असार २०८०, शुक्रबार


काठमाडौँ । पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले, नेपाल वायु सेवा निगममा अनावश्यक रूपमा कर्मचारी भर्ना गरिएको भन्दै चर्को आक्रोश पोखेका छन्। प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिदै सांसद भट्टराईले नेपाल वायु निगममा कर्मचारी भर्ती गर्नु भनेको दूध नआउने आमाको दुख चुस्नु जस्तै हो, रगत खानु जस्तै हो भन्दै आक्रोश पोखेका हुन् ।

उनले भने ‘नेपाल वायु सेवा निगममा कर्मचारी भर्ती गर्नु भनेको आमाको रगत खानु जस्तै हो । म त्यसको निन्दा गर्छु । ’

त्यस्तै निगमलाई पब्लिक कम्पनीको मोडलमा लैजान सरकारलाई सुझाव दिए । नेपाल वायु सेवा निगमबाट ग्राउण्ड ह्याण्डेलिङको खुस्कियो भने निगम टाट पल्टिने भन्दै पूर्व मन्त्री भट्टराईले कर्मचारी कटौतिगर्न सुझाव दिए ।

आफ्नो कार्यकालमा आफूले त्यसका लागि प्रयास गरेको भए पनि सहयोग नपाएको उनको गुनासो छ ।

अहिलेको नीति कार्यक्रम तथा बजेटले पर्यटन क्षेत्रलाई वेवास्ता गरेको आरोप लगाएका उनले विमानस्थल व्यवसायीक प्रतिफलको आधारमा विस्तार तथा विकास गर्न सुझाव दिए ।

‘नचाहिँदो ठाउँमा विमानस्थल बनाउने गरी बजेट विनियोजन गरिएको छ’ उनले भने ‘भरतपुर विमानस्थल जोखिमपूर्ण रूपमा रहेको छ त्यसलाई तत्काल स्तरोन्नति गर्न आवश्यक छ । ’

Tags :
प्रतिक्रिया दिनुहोस