विद्यालय कर्मचारीको आन्दोलनका क्रममा ४ जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विद्यालय कर्मचारीको आन्दोलनका क्रममा ४ जना पक्राउ


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । विद्यालय कर्मचारीहरूले बिहीबार काठमाडौँ गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । तलब वृद्धिलगायतका विभिन्न माग राखेर देशभरका विद्यालय कर्मचारीले काठमाडौँ केन्द्रित आन्दोलन गरेका छन् ।

नेपाल विद्यार्थी कर्मचारी परिषद्को अगुवाइमा भइरहेको आन्दोलनका क्रममा बिहीबार प्रदर्शनकारीले भद्रकालीमा रिले अनसन बसेर माइतीघर मण्डला फर्किँदै गर्दा बीच सडकमा बस्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो ।

त्यस क्रममा प्रहरीले सडकमै बसेर आवागमन अवरुद्ध गर्न खोजेको भन्दै ४ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रहरीको सिंहदरबार वृत्तमा राखिएको छ ।

विद्यालयका पियन, लेखापाल लगायतका कर्मचारीले निजामती कर्मचारीसरह सेवा सुविधा आफूहरूलाई पनि दिनुपर्ने माग राख्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस