मन्त्रिपरिषद् बैठक सिंहदरवारमा शुरु « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

मन्त्रिपरिषद् बैठक सिंहदरवारमा शुरु


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डाकेको मन्त्रिपरिषद् बैठक सिंहदरवारमा शुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९:३० बजेका लागि बोलाइएको बैठक केही मिनेट ढिला गरी शुरु भएको हो ।

सम्बन्धित समाचार : मन्त्रिपरिषद्को बैठक बस्दै, मुख्यसचिव नियुक्तिको सम्भावना कायमै

आजको बैठकले नयाँ मुख्यसचिव नियुक्त गर्न सक्ने बुझिएको छ । हालका मुख्य सचिव शंकरदास वैरागीलाई आकर्षक पदमा व्यवस्थापन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ सचिव डा. वैकुण्ठ अर्याललाई मुख्य सचिव बनाउने तयारी रहेको कुरा बुधवार साँझ प्रशासन डटकमले खुलासा गरेको थियो ।

सम्बन्धित समाचार : मुख्यसचिवमा अर्यालको सम्भावना बढ्यो, भोलीको मन्त्रिपरिषदबाट निर्णय हुन सक्ने

सचिव डा. अर्याल आज मुख्य सचिव नभए असार ३ गते सचिवको ५ वर्षे कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा जानेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस