डिउटीमा खटिएका सशस्त्र प्रहरीका हवल्दारसहित ४ जनामाथि कुटपिट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डिउटीमा खटिएका सशस्त्र प्रहरीका हवल्दारसहित ४ जनामाथि कुटपिट


३१ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । डिउटीमा खटिएका सशस्त्र प्रहरी बलका हवल्दारमाथि कुटपिट भएको छ ।

झापामा सादा पोसाकमा खटिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको टोलीले निरीक्षण गर्नेक्रममा डिउटीमा खटिएका सशस्त्र प्रहरीका हवल्दारमाथि कुटपिट गरेका हुन् ।

मङ्गलवार राति करिब ८ बजे कोशी प्रदेशको मुख्यालय बाहिनीबाट इन्स्पेक्टर नभ प्रभाव राईसहित तीन जनाको टोलीले सशस्त्र हवल्दार गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार सन्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशीमाथि कुटपिट गरेका हुन् ।

केही सानो कुरामा गलत बुझाइका कारण अलि अलि धकेला धकेल भएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, सादा पोसाकमा खटिएका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षकको टोलीले निरीक्षणको क्रममा केही धकेला धकेल गरेको स्थानीयले देखेका रहेछन् । अहिले त्यो कुरा साम्य भइसक्यो । अब माथिबाट हुने कुरा उतैबाट होला ।’

अहिले यो घटनाको अनुसन्धान पूर्व क्षेत्रको मुख्यालय बाहिनीका एसपी विक्रम हुमागाईँको नेतृत्वको टोलीले छानबिन गरिरहेको छ ।

घटना बाहिरिएपछि एसपी विक्रम हुमागाईँको नेतृत्वमा छानबिन समिति बनाएर अहिले छानबिन भइरहेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले प्रशासनलाई जानकारी दिए।

डिएसपी थापाले भने, ‘अहिले एसपी विक्रम हुमागाईँको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान गरिरहेका छौँ । अनुसन्धान पश्चात् दोषी जो भए पनि नियम अनुसार कारबाही हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस