प्रतिनिधि सभामा दुई विधेयक प्रस्तुत « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

प्रतिनिधि सभामा दुई विधेयक प्रस्तुत


२९ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । प्रतिनिधि सभामा ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रस्तुत भएका छन् ।

सभाको आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त दुवै विधेयक प्रस्तुत गरेका हुन् ।

दुवै विधेयक प्रस्तुत गर्नुअघि सांसद प्रेम सुवालले राख्नुभएको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाको बैठक आजै १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस