नागरिकतामा उमेर सच्याएर वृद्ध भत्ता लिने ९० वर्षीय वृद्धलाई १० हजार जरिवाना « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नागरिकतामा उमेर सच्याएर वृद्ध भत्ता लिने ९० वर्षीय वृद्धलाई १० हजार जरिवाना


२९ जेष्ठ २०८०, सोमबार


गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले नागरिकता प्रमाणपत्रमा उमेर सच्याएको भन्दै ९० वर्षीय एक वृद्धलाई कारबाही गरेको छ ।

बारपाक सुलिकोट गाउँपालिका-७ का छन्दप्रसाद पाण्डेले नागरिकतामा उल्लेखित आफ्नो जन्म मिति सच्याएका हुन् ।

उनले नागरिकतामा १९९० उल्लेख भएको जन्म मितिलाई केरमेट गरेर १९८३ बनाएको भेटिएको छ । उनले दश हजार जरिवाना तिरेका छन् र राज्य कोषबाट के कति सुरक्षा भत्ता रकम लिएका छन् सो रकम सम्बन्धित पालिकाबाट असुल उपर गर्न भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयले बारपाक सुलीकोट गाउँपालिकालाई पत्राचार गरी पाण्डेले नागरिकता सच्याएर राज्य कोषबाट कति रकम भत्ता लिए भन्ने विवरण मागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस