‘विदेशीले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध भयो’ « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

‘विदेशीले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध भयो’


२९ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विदेशी मुलुकले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध भएको बताएका छन् ।

सोमबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘जुन देशले हामीलाई यो रोक, नभए सहयोग नै बन्द हुन्छ भने, उनीहरूकै कारण कानुन बनायौँ, रोक्यौँ ।’ अहिले ती मुलुकले नै मेडिकल प्रपोजमा ठूलो बिजनेस गरिरहेको भन्दै उनले भने, ‘यो बिग बिजनेस भएको छ, उनीहरूले यसको फाइदा उठाइराख्ने, हामी पुरानै मानसिकतामा नबस्ने हो कि ।’

गाँजालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर अध्ययन गरौँ भनेको भन्दै भोलिदेखि नै लागु गरौँ नभनेको उनले स्पष्ट पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस