ओलीले शिलान्यास गरेको सन्थाल बस्तीमा दुई वर्ष बित्दा पनि बनेनन् घर « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

ओलीले शिलान्यास गरेको सन्थाल बस्तीमा दुई वर्ष बित्दा पनि बनेनन् घर


२९ जेष्ठ २०८०, सोमबार


सुनसरी । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १८ गते मन्त्रीहरूसहित तामझाम साथ मोरङको उर्लाबारी–८ मा सन्थाल समुदायका एकीकृत बस्तीको शिलान्यास गरेको २ वर्ष बितिसक्दा पनि अझैसम्म काम सुरु हुन् सकेको छैन ।

चिटिक्क परेका घर बनाएर सन्थाल समुदायलाई राख्ने भन्दै भाषण गरेको दुई वर्षपछि पनि घर बन्ने टुङ्गो भने लाग्न सकेको छैन । बस्ती निर्माण स्थल रहेको उर्लाबारीस्थित रातो होली खेल्सीको उत्तर–दक्षिण क्षेत्रफलमा फैलिएको ७ सय ८० मिटर लम्बाइ क्षेत्रफल रहेको छ । त्यसभित्र पर्ने ५२ हजार ८ सय २८ वर्ग मिटर जग्गामध्ये ३१ हजार ७ सय ६८ वर्ग मिटरमा बस्ती विकास गर्ने भनिएको थियो ।

एकीकृत बस्ती विकाससम्बन्धी कार्यविधि २०७५ अनुसार स्थानीय प्रविधि, सीप र सामग्री प्रयोग गरी प्रत्येक परिवारका लागि दुई कोठा, एउटा भान्सा घर र एक शौचालयसहित संरचना निर्माण गर्ने योजना सामेल छ । सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवनलगायतको निर्माण गरी चाँडै हस्तान्तरण गर्ने ओलीले आश्वासन दिएका थिए ।

निर्माण गर्न लागिएको बस्तीका लागि छुट्याइएको जग्गाको विवाद नसुल्झाई हतार हतार शिलान्यास गरिएकाले काम अगाडि बढ्न नसकेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस