उरुग्वेलाई यू-२० विश्वकपको उपाधि « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

उरुग्वेलाई यू-२० विश्वकपको उपाधि


२९ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । उरुग्वेले फिफा यू-२० पुरुष विश्वकप फुटबलको उपाधि जित्न सफल भएको छ ।

अर्जेन्टिनामा सोमबार बिहान भएको फाइनलमा इटालीलाई १-० गोल अन्तरले हराउँदै उरुग्वे च्याम्पियन बन्न सफल भएको हो ।

उरुग्वेको लुसियानो रोड्रिगेजले ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्न पुगेको थियो ।

उरुग्वेले पहिलो पटक यू-२० विश्वकपको उपाधि जितेको हो । उरुग्वे यस अघि दुई पटक उपविजेता बनेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस