बजेटजति सत्तापक्षले लग्यो, प्रतिपक्षीको भागमा केही परेन : राप्रपा सांसद « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बजेटजति सत्तापक्षले लग्यो, प्रतिपक्षीको भागमा केही परेन : राप्रपा सांसद


२८ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोसन कार्कीले सत्तापक्षले आफ्ना मन्त्री र सांसदहरूलाई मात्र कार्यक्रम र योजना दिएको गुनासो गरेकी छन्।

आइतबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै सांसद कार्कीले बजेट र कार्यक्रम सबै सत्तापक्षले मात्रै लगेको गुनासो गरेकी हुन्।

‘जतिपनि कार्यक्रमहरू र योजनाहरू छन्। सत्तापक्षको मन्त्रीज्यूहरूको भागमा छ। हामीहरू विपक्षीहरूको भागमा त केही पनि छैन, ’उनले भनिन्।

उनले अहिलेको सत्तापक्ष पछि विपक्षी हुनसक्ने सम्भावना पनि रहेकाले हेक्का राख्न समेत चेतावनी दिएका छन्।

‘मलाई थाहा छ तपाईँहरूले टेबल ठटाएर, बहुमतको दम देखाएर यो कार्यक्रम पास गर्नुहुन्छ,ु उनले भनिन्, ‘कार्यक्रमहरू पनि तपाई हरू नै लैजाने । सत्तापक्ष पनि तपाई हरू नै हुने। तर तपाई हरू पनि कुनै दिन विपक्षमा आउनुहुन्छ, ख्याल गर्नुहोला।    

Tags :
प्रतिक्रिया दिनुहोस