महन्थ ठाकुर दिल्ली प्रस्थान  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

महन्थ ठाकुर दिल्ली प्रस्थान 


२८ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान गरेका छन् । 

अध्यक्ष ठाकुर दिउँसो १ः२५ बजे भारत प्रस्थान गरेका हुन् । उनी स्वास्थ्य उपचारका लागि भारत गएको लोसपा स्रोतले जनाएको छ । अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली गएको बताइएको छ । 

स्वास्थ्य उपचारपछि ठाकुरले केही भारतीय नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको स्रोतले बताएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस