प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी (कार्यसूचीसहित) « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी (कार्यसूचीसहित)


२८ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।

संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने छ ।

आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आ।व २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिनेछन् ।

विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस