आमा र प्रधानमन्त्रीले नराम्रो काम नगर्नु भन्नु भएको छ: मन्त्री किराँती « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आमा र प्रधानमन्त्रीले नराम्रो काम नगर्नु भन्नु भएको छ: मन्त्री किराँती


२७ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई नराम्रो काम नगर्न निर्देशन दिएको बताएका छन् ।

शनिबार काठमाडौँको तीनकुनेमा किरात राई समुदायले आयोजना गरेको साकेला शिलि प्रदर्शन कार्यक्रममा उनले आफू सानो हुँदा आमाले र अहिले प्रधानमन्त्रीले नराम्रो काम नगर्न आग्रह गरेको बताएका हुन् ।

उनले भने, ‘मलाई आमाले सानोमा गलत काम नगर्नू भनेर अर्ती दिनुभएको छ । अहिले मन्त्री भएपछि सम्माननीय प्रधानमन्त्री तथा मेरो पार्टीका श्रद्धेय अध्यक्षले राम्रो काम गर्न अथक मेहेनत गर्नु नराम्रो गर्ने छुट छैन भनेर कडा निर्देशन दिनुभएको छ । हेक्का रहोस् म एकलब्बेको सन्तान हुँ शिर काटेर दिन तयार छु मन्त्री पद त मामुली कुरा हो । गलत अफवाहको खेती गरेर नहिँड्न मेरो अनुरोध छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस