लागूपदार्थ सेवन गरी मोटरसाइकल चलाउने ५ जना प्रहरी नियन्त्रणमा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

लागूपदार्थ सेवन गरी मोटरसाइकल चलाउने ५ जना प्रहरी नियन्त्रणमा


२७ जेष्ठ २०८०, शनिबार


पक्राउ

ललितपुर । लागूपदार्थ सेवन गरी सवारी चलाइरहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुरको बाँडे गाउँमा शुक्रबार गरिएको जाँचका क्रममा लागूपदार्थ सेवन गरी मोटरसाइकल चलाइरहेको पाएपछि ५ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आउनेहरूमा वाग्मती प्रदेश ०२-०३३प३४०१ नम्बरका मोटरसाइकल चालक बाँके घर भई हाल ललितपुरको हात्ती वन बस्ने २२ वर्षीय अङ्कित महत, सुदूरपश्चिम प्रदेश ०१-०१० प १५ ०६ नम्बरका मोटरसाइकल चालक अर्घाखाँचीको माला रानी गाउँपालिका-६ घर भई हाल शंखमुल बस्ने २० वर्षीय अनिल बस्नेत, बा९८प९४१२ नम्बरका मोटरसाइकल चालक ललितपुरका २३ वर्षीय अमित कार्की, बा१९प३४७२ नम्बरका मोटरसाइकल चालक ललितपुरको बाँडे गाउँ बस्ने १८ वर्षीय एलिश महर्जन र प्रदेश ३-०२-००२प७७४३ नम्बरका मोटरसाइकल चालक मोरङको विराटनगर घर भई हाल चाबहिल बस्ने २७ वर्षीय सुमन खड्का रहेका छन् ।

नियन्त्रणमा आएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस