कर फर्छ्यौट आयोगका ३ जना पदाधिकारीले भ्रष्टाचार गरेको अदालतको ठहर « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कर फर्छ्यौट आयोगका ३ जना पदाधिकारीले भ्रष्टाचार गरेको अदालतको ठहर


२७ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । कर फर्छ्यौट आयोगका ३ जना पदाधिकारीले भ्रष्टाचार गरेको विशेष अदालतले ठहर गरेको छ ।

आयोगका पदाधिकारी अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य–सचिव चुडामणि शर्माले ६ अर्ब १५ करोड रुपैयाँ भ्रष्टाचार गरेको अदालतले ठहर्‍याएको हो ।

अदालतले उनीहरूलाई दोषी ठहर गरे पनि सजाय निर्धारण गर्न भने बाँकी नै छ । सजाय निर्धारणअघि मुद्दाका दुवै पक्षले आरोपितहरुवारे प्रतिवेदन बुझाउनुपर्नेमा नबुझाएको भन्दै अदालतले ५ असारमा सजाय निर्धारण गर्ने मिति तोकेको छ ।

कर फर्छ्यौट आयोगका पदाधिकारीहरूमाथि कति भ्रष्टाचार भयो भन्नेबारे अहिलेसम्म अदालतले सार्वजनिक गरेको छैन । तर गत बिहीबार इजलासले दुवै पक्षका कानुन व्यवसायीलाई दुवै मुद्दामा गरेर करिव ६ अर्ब १५ करोड बिगो कायम हुने राय सुनाएको हो ।

तीन जनाले दामासाहीले तिर्नुपर्ने भएकाले एउटाको भागमा करिव २ अर्ब ५ करोड पर्ने देखिन्छ । तर फैसलाको संक्षिप्त आदेश समेत सार्वजनिक नभएकाले अदालतले कुन पदाधिकारीलाई कसरी दोषी ठहर गरी बिगो भराएको छ भन्ने खुलेको छैन ।

भ्रष्टाचार गरेको रकमको आधारमा ती पदाधिकारीलाई ८ देखि १० वर्ष कैद सजाय हुने निश्चित छ ।

Tags :
प्रतिक्रिया दिनुहोस