बेलायतका पूर्वप्रधानमन्त्री जोनसनले दिए सांसदबाट राजीनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बेलायतका पूर्वप्रधानमन्त्री जोनसनले दिए सांसदबाट राजीनामा


२७ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् ।

उनले राजीनामा दिएपछि खाली हुने सिटमा उपनिर्वाचन हुनेछ । २०२२ मा प्रधानमन्त्रीको पद त्यागे पनि उनी सांसदको जिम्मेवारीमा कार्यरत थिए ।

जोनसन अहिले संसदीय छानबिनको क्रममा छन् । संसदीय समितिले कोरोनासँग सम्बन्धित सबै नियम पालना गरेको भन्दै सदनलाई ढाँटेको आरोपमा छानबिन गरिरहेको छ ।

संसदको विशेषाधिकार समितिलाई बोरिस जोनसनले संसदलाई गुमराह गरेको पाइएमा १० दिनभन्दा बढीको लागि सदस्यता निलम्बन गर्न सिफारिस गर्ने अधिकार छ।

Tags :
प्रतिक्रिया दिनुहोस