१२ वर्षपछि दीक्षान्त कार्यक्रम गर्दै नेपाल संस्कृत विश्वविद्यालय « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

१२ वर्षपछि दीक्षान्त कार्यक्रम गर्दै नेपाल संस्कृत विश्वविद्यालय


२६ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयले १२ वर्षपछि दीक्षान्त समारोह गर्ने भएको छ । २०६८ सालदेखि रोकिएको दीक्षान्त समारोह १२ वर्षपछि स्वविद्यालयमा हुन लागेको हो।

विश्वविद्यालयले शुक्रवार पत्रकार सम्मेलन गर्दै जेठ ३१ गते दीक्षान्त समारोह गर्ने कार्यक्रम तय भएको जानकारी दिएको छ। हरेक वर्ष विश्वविद्यालयबाट उत्तीर्ण हुने विद्यार्थीलाई प्रमाणपत्र सहित दीक्षित गराउनुपर्ने भए पनि दीक्षान्त समारोह हुन सकेको थिएन।

विश्वविद्यालयले कुलपति रहने प्रधानमन्त्रीको समय नमिल्दा र खर्च पनि धेरै हुने भएकाले दीक्षान्त समारोह हुन नसकेको बताउँदै आएको थियो।

तर यस पटक भने प्रधानमन्त्रीको समय मिलेको भन्दै दीक्षान्त समारोह गर्न लागिएको विश्वविद्यालयले जनाएको छ। जेठ ३१ गते हुने दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वविद्यालयमा आउने कार्यक्रम तय भएको विश्वविद्यालयले जनाएको छ । 

विश्वविद्यालयका अनुसार २०६८ सालयता करिब पाँच हजार विद्यार्थी दीक्षित हुन बाँकी छन्।

दीक्षान्त कार्यक्रममा विश्वविद्यालयको शास्त्री, एकवर्षे शिक्षा शास्त्री, आयुर्वेद स्नातक तह (बीएएमएस), आचार्य र विद्यावारिधि गरी ४ हजार ७७२ जना विद्यार्थी दीक्षित गरिने बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस